सुविधा सम्पन्न प्रहरी बनाए सबै सुध्रिने नेता पाण्डेको दाबी

| 2019 May 15 | 08:35 am 83

  • अरुण अर्याल

काठमाडौं, जेठ १: पूर्व अर्थमन्त्री एवम् नेकपाका नेता सुरेन्द्र पाण्डेले देशमा प्रहरीलाई पुरस्कृत र दण्डीत गर्न सकिएमा मुलुकको विकृति र विसंगति हट्ने बताएका छन् ।

नेता पाण्डेले आफू विभिन्न देशमा जाँदा सबै भन्दा राम्रो सुविधा प्रहरीलाई दिएको बताउँदै यस बारे त्यहाँका प्रतिनिधिसँग जिज्ञासा राख्दा राज्य भनेको प्रहरी भएको र सबैभन्दा बढ्ता भूमिका प्रहरीको नै भएको बताएको पाएको बताए ।

नेपालमा पनि प्रहरीलाई प्रर्याप्त सुविधा दिएर जिम्मेवारी दिने हो भने सुशासन दिन सकिने महसुस आफूलाई भएको नेता पाण्डेले बताए । प्रहरीलाई सेवा निवृत्त पछि यो सुविधा दिन्छ तर त्यसका लागि जनमैत्री हुनुपर्ने सर्त राखेर कार्यक्रम ल्याइयो भने वर्षमा ३ हजारको संख्यामा रिटायर्ड हुने प्रहरीलाई व्यवस्थापन गर्न कुनै कठिन नहुने पाण्डेको भनाई थियो ।

तिमीले राम्रो र जनप्रिय काम गर्यौं भने रिटायर्ड पछि तिमीलाई एउटा घर हुन्छ नगरे जागीर चट हुन्छ भन्ने मात्रै योजना लागू गरियो भने असी प्रतिशतको हाराहारीमा विकृति, विसंगति र आर्थिक घोटला कम हुने नेता पाण्डेको भनाई थियो ।

प्रहरीलाई सच्चाउन सकियो र उसलाई पर्याप्त अधिकार दिइयो भने सबै सच्चीने नेता पाण्डेको भनाई रहेको थियो प्रहरीमा निजामती जस्तो कठिनाइ छैन । निजामती अदालत जान्छन् र अदालतले जिताइदिन्छ तर प्रहरीमा त्यो भएको पाइदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.