सुर्यना गाउँपालिका-१ का वडाध्यक्षको दुर्घटनामा मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 18 | 07:21 pm 43

बैतडी, साउन २ : बैतडीको सुर्नया गाउँपालिका वडा नं १ का वडाध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

सतबाँझबाट खोचलेकतर्फ जाँदै गरेका अध्यक्ष चन्दको सवारी दुर्घटनामा मृत्यु भएको हो । उनी चढेको से १ प १११४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आएको म २ प ६६३३ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

सुर्नया गाउँपालिका वडा नं २ सिन्केलेकमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनापछि वडाध्यक्ष चन्द गम्भीर घाइते भएका थिए । उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चन्दलाई मृत घोषणा गरिएको हो ।

घटना बिहीवार करिब साँझ ५ बजे भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चन्द्र सिंह ऐरको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । उनी अर्को मोटरसाइकलमा सवार थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.