सुर्खेतमा विप्लव र प्रहरीबीच गोली हानाहान

रिपोर्ट नेपाल | 2020 Jan 01 | 08:14 pm 270

सुर्खेत, पुस १६: बुधबार सुर्खेतमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ।

जिल्लाको पञ्चपुरी नगरपालिका वडा नम्बर– ८ जुवालथाईमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहाना भएको सुर्खेतका एसपी दिल्लराज पन्तले जानकारी दिए।

विप्लवका स्थानीय कार्यकर्ता गाउँ बसेको विशेष सूचनापाएपछि प्रहरी अनुसन्धानका लागि घटनास्थल पुगेको थियो।

विप्लव कार्यकर्ता स्थानीय भए पनि उनको विवरण भने प्रहरीले खुलाएको छैन। दिउँसो करिव दुई बजेतिर घटना भएको प्रहरीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.