सुन चोरीमा संलग्न चार जना सुनसहित पक्राउ

| 2022 Apr 25 | 06:15 pm 409

तनहुँ, बैशाख १२ः सुन चोरीमा संलग्न चार जनालाई प्रहरीले सुनसहित पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्सा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ वस्ने बर्ष २० की दिपा मुसहर, बर्ष २५ की खुश्बु मुसहर, बर्ष १९ की प्रियंका मुसहर र बर्ष १८ की फूलकुमारी मुसहर रहेकी छन् ।

मिति २०७९ बैशाख ११ गते काठमाडौबाट पोखरातर्फ आउदै गरेको ना ६ ख ६४३८ नं. को बसमा सवार बाग्लुङ निवासी बर्ष ५८ कि निलकुमारी पौडेल र पर्वत निवासी बर्ष ४२ की पार्वती बडुवालको व्यागमा रहेको वाला, औंठी, सिक्री
लगायतका सुनका बिभिन्न गहनाहरु चोरी भएको जानकारी प्रहरी चौकी डुम्रे तनहुँमा जानकरी भएकाे थियाे ।

उक्त जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक बिरेन्द्र खड्काको नेतृत्वमा खटिएको टोलीले खोजतलास गर्दै जाँदा बन्दिपुर गाउँपालिका वडा नं. १ स्थित गुरुङटारबाट बन्दीपुरतर्फ भाग्दै गरेको अवस्थामा बिभिन्न किसिमका करिब ७ तोलाका सुनका गर-गहना सहित उनीरुलाई पक्राउ गरी चोरी मुद्धामा सम्मानित तनहुँ जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जानकारी दिएकाे हाे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.