सुन्दर यातायातले प्रमुख शहरमा विद्युतीय बस चलाउने

रिपोर्ट नेपाल | 2022 Apr 22 | 01:58 pm 705

काठमाडौं, बैशाख ९ः नेपालमा पहिलो विद्युतीय बस चलाउने सुन्दर यातायात र सुन्दर अटो इन्जिनियरिङ्गले विद्युतीय बस, स्कुटर चलाउने र बिक्री गर्ने भएका छन् । आफ्ना कम्पनीका आगामी कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भेष बहादुर थापाले चीन र भारतबाट निर्मित भएर आएका स्कुटर पेट्रोल तथा विद्युतबाट चल्न सक्ने बताएका थिए ।

No description available.

अध्यक्ष थापाका अनुसार अब छिट्टै देशका प्रमुख शहरमा कम्पनीले विद्युतीय बस संचालन गर्ने भएको छ । अनलाइनबाट यात्रुलाई बस, हाइस र स्कुटरबाट सेवा दिने योजना रहेको कुरा पनि अध्यक्ष थापाले बताए ।

No description available.

पेट्रोल १ सय ६० रुपौया खर्च गरेर पुगिने यात्रा विद्युतीय स्कुटरले २५ रुपैयामा पुगिने कुरा पत्रकार सम्मेलनमा जनइएको थियो । कम्पनीको सकृयताले वातावरण संरक्षणमा अतुलनीय योगदान पुग्ने आशा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.