सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा सात जानको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 01 | 08:39 am 105

सुनसरी, मंसिर १५: गएराति सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३१ वर्षीय दिनेश राई र ३५ वर्षीय मुकेश राई र शिवमाया राई रहेका छन् । त्यस्तै, एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको प्रहरीले जानकारी दिए ।

को १ च ९३६४ नम्बरको एम्बुलेन्स विराटनगरबाट उदयपुरतर्फ जाँदै गर्दा ना २ ख ९०८२ नम्बरको ट्रकसँग गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माका अनुसार एम्बुलेन्समा सवार सात जनाको ज्यान गएको बताए ।

मृतकमध्ये ६ जना आफन्त हुनसक्ने अनुमान प्रहरीले गरे पनि विस्तृत विवरण भने खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.