सुनचाँदीको मूल्य निरन्तर ओरालो

रिपोर्ट नेपाल | 2019 Dec 09 | 03:59 pm 117

काठमाडौं, मंसिर २३: नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार सात सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जानकारी दिए ।

महासंघका अनुसार आइतबारको तुलनामा आज सुन प्रतितोला दुई सय र चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो ।

आइतबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला पाँच रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.