सुनचाँदीकाे मुल्य आज पनि बढ्याे

रिपोर्ट नेपाल | 2019 Aug 07 | 12:22 pm 39

काठमाडाैं, साउन २२: मंगलबार तोलाको ६८ हजारमा काराेबार भएकाे छापावाल सुन बुधबार १५ सयले बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि तोलाको १५ सय बढेर ६९ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ ।  यसअघि ७ सय ९५ मा कारोबार भइरहेको चाँदी तोलामा १५ रुपैयाँ बढेर आज चाँदी प्रतितोला ८ सय १० पुगेको छ ।

महासंघकाअनुसार अन्तर्राष्ट्रिय अर्थतन्त्र कमजोर भएको कारण र अन्तर्राष्ट्रिय स्तरमा भएको अस्थिरता र द्वन्द्व बढ्दा नेपालका सुनको मूल्यमा प्रभाव परिरहेको हो।

यो समस्या तत्काल समाधान हुने नदेखिएका कारण सुनको मूल्य प्रतितोला ७० हजार कट्न सक्ने महासंघको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.