सुनचाँदीकाे मुल्यमा गिरावट

रिपोर्ट नेपाल | 2019 Oct 01 | 12:39 pm 73

काठमाडौं, असाेज १४: मंगलवार नेपाली बजारमा सुनको भाउमा ८ सय रुपैयाँले घटेकाे छ ।

आज मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए । सोमवारको तुलनामा मंगलवार छापावाल सुनमा ८ सय रुपैयाँको गिरावट आएको हो ।

यस्तै तेजावी सुन मंगलवार प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताए । सोमवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.