सुनको मूल्य बढ्यो

| 2022 Mar 25 | 01:13 pm 633

काठमाडाैं, चैत ११ः सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर एक लाख ९ सय तोकिएको छ।सुनको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ३ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४ सय छ। यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार ८ सय थियो।

त्यस्तै  चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार ४ सय पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.