सुनको मूल्य दुई यस रुपैयाँले बढ्याे

रिपोर्ट नेपाल | 2019 Sep 09 | 03:39 pm 34

काठमाडाैं, भदाै २३ : सोमबार नेपाली बजारमा सुनको मूल्य दुई यस रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ७१ हजार ७ सयले कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको थियो भने गत साताकाे अन्तिम दिन शुक्रबार पनि सुनकाे मूल्य १४ सयले घटेकाे थियाे ।

यस्तै, तेजावी सुनको मूल्य पनि सोमबार २ सय रुपैयाँले नै बढेको छ । आइतबार प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको तेजावी सुन सोमबार ७१ हजार ४०० मा कारोबार भइरहेको छ ।

अघिल्लो हप्ताको बुधबार प्रतितोला सुनको मूल्य ७३ हजार ५ सय पुगेको थियो । यो अहिले सम्मकै सबैभन्दा उच्च मूल्य हो ।

यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.