सुनको मूल्य घट्यो

रिपोर्ट नेपाल | 2019 Sep 08 | 02:28 pm 98

काठमाडाैं, भदाै २२ : साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य पाँच यस रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ७१ हजार ५ सयले कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुनको मूल्या घटेको थियो । शुक्रबार ७२ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको हो ।

यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । आइतबार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको छ ।

अघिल्लो हप्ताको बुधबार प्रतितोला सुनको मूल्य ७३ हजार ५ सय पुगेको थियो । यो अहिले सम्मकै सबैभन्दा उच्च मूल्य हो ।

उच्च मूल्यमा एक सय रुपैयाँ घटेर बिहिबार ७३ हजार ४ सयमा सुनको कारोबार भयो । शुक्रबार भने १४ सयले घटेर ७२ हजारमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.