सुनको मूल्यमा शुक्रबार पनि गिरावट

रिपोर्ट नेपाल | 2020 Nov 20 | 02:13 pm 64

काठमाडौं, मंसिर ५ः सुनको मूल्यमा शुक्रबार पनि गिरावट आएको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला ४ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला  ९४ हजार ४ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ५ सयमा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै चाँदी आज प्रतितोला  पाँचले घटेको छ । बिहीबार प्रतितोला एक हजार २ सय १५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २ सय १० मा कारोवार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.