सुनको मूल्यमा आज ७ सयले गिरावट

रिपोर्ट नेपाल | 2020 Nov 19 | 01:04 pm 74

काठमाडौं, मंसिर ४ः सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला  ७ सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४ सयमा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सय मा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला  ७ सयले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला  ९३ हजार ९ सयमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला  ९४ हजार ६ सयमा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २ सय १५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २ सय ३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ ले घटेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.