काठमाडौँ चैत १८ : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ । शुक्रबार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर ९९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
तेजावी सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ । हिजो बिहीबार छापावाल सुन तोलाको ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको भाउ तोलाको ९८ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर शुक्रबार प्रतितोला १३६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३५० रुपैयाँमा कारोबार भएको थियो ।