पाल्पा, वैशाख ७ः जिल्लाको तिनाउ–१, कचलमा रहेको कचल फाँट सिंचाई आयोजनाको काममा खटेका बेला सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका एक पुरुष मृत फेला परेका छन् ।
मङ्गलबार बेलुका ५ बजे कचलफाँट सिकाइ आयोजनाको कुलो खन्ने गर्ने क्रममा एक्कासी सुख्खा पहिरोले पुएिका बेपत्ता भएका स्थानीय ६१ वर्षीय डिलबहादुर हिस्की बुधबार बिहान मृत भेटिएका हुन् । कुलो खन्ने क्रममा हिस्कीलाई सुख्खा पहिरोले च्यापेको थियो ।
हिस्कीको शव सुख्खा पहिरो हटाउने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिस्कीको शव निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी दीपेन्द्र थापाले जानकारी दिए ।