सुखि नेपाली र समृद्ध नेपाल योजना साकार गर्छौं: सभासद खड्का

| 2019 Aug 10 | 09:25 pm 431

  • राजेन्द्र न्यौपाने

गोरखा, साउन २५:  प्रतिनिधि सभाका साँसद चुडामणि खड्काले सुखी नेपाली र समृद्ध नेपाल योजना साकार पार्ने बताएका छन् । गोरखामा अनाथ बालबालिकाकहरुको लागि सहयोगार्थ लियो क्लवअफगोरखाद्धावा आयोजित गाईजात्राकार्यक्रमलाई सम्बोधन गर्दै साँसद खड्काले उक्त कुरा बताएका हुन् ।

केन्द्रीकृत राज्य सत्ताको विघटन गरी प्रदेश र स्थानीयतहको सत्ताको अभ्यासकाक्रममा केहीकमिकमजोरीहरु हुनगएको बताए । केही सिमा र कमजोरीबाट कोही पनि नआत्तिकन धैर्य पूर्वक हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकारले सुखि नेपाली र समृद्ध नेपाल भन्ने जुन नारा दिएको छ, त्यो नारालाई व्यवहारमा साकार पार्नको नीम्ति हामीहरु दृढतापुर्वक अगाडि बढीरहेको उनले बताए ।

गोरखा हिजो आफ्नो ढंगले परिचित रहेको थियो । अव फेरि हाम्रो गोरखा राम्रो गोरखा बनाउने क्रममा अर्को नयाँ आयम थपेर नयाँ परिचयदिनुपर्ने, नयाँ सन्देश दिनुपर्ने, इतिहासको त्यो घडीमा आएको खड्काले बताए । अहिले संघीय लोकतन्त्र, गणतन्त्र संगठित समानुपातिक, समावेशी, धर्मनिरपेक्षता संगठित गरिसकेपछि हिजोका परिवर्तन विरोधीहरुले फेरी विभिन्नखाले चलखेल गर्नु गलत रहेको उनको भनाई छ ।

हामीले देखेका छौं हिजो शान्ति प्रक्रियामा हामीलाई झुक्याईयो भन्नेहरु र संविधानसभाबाट संविधानजारी गर्दा विरोध गर्ने शक्तिहरु एउटै ठाउँमा आएर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि शान्ति प्रक्रियामाथि र कम्युनिष्ट पार्टी माथि केन्द्रीत ढंगले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको योजनामा आक्रमण गरिहेका छन् । यो आक्रमणलाई हामी उत्पीडित नेपालीहरुले र आम नेपालीहरुले प्रतिरोध गरेर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । संविधानसभाबाट भएको उपलब्धीको जगमा टेकेर समाजवादल्याउनुपर्ने खड्काको भनाई छ ।

समाजवाद ल्याउने क्रममा केही खतराहरु देखिएको तर्फ संकेत गर्दै केही, मानिसहरु कुनामा बसेर परिवर्तनको विरुद्ध, जनता र राष्ट्रका विरुद्ध षड्यन्त्रहरु गरिरहेको बताउँदै षड्यन्त्रका विरुद्ध सम्पूर्ण गोरखालीजनताहरु एकजुट भएर प्रतिरोधगर्दै अहिले हामीले हासिल गरेको उपलब्धीलाई संस्थागतगर्दै नयाँ समाजवादी यात्रामा अगाडि बढ्न आव्हान गरेका छन् ।

जनताको प्रतिनिधि भएको कारण गोरखाको शिक्षा, स्वास्थ्य, पर्यटन लगायत आर्थिक, सामाजिक, राजनैतिक विकासमा आफ्नो स्थानबाट सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने बताए । गोरखा जिल्लालाई कृषि, धार्मिक पर्यटनका माध्यमबाट माथि उठाईने उनले बताए । गोरखाजिल्लाको पर्यटन क्षेत्रलाई नयाँ उचाई हासिल गर्नेमा दुई मत नभएको उनको भनाई छ । यसबाट गोरखा जिल्ला सदरमुकाम र ग्रामिण क्षेत्रको आर्थिक, सामाजिक पक्षमा नयाँ ढंगले उठाउने र विकास गर्ने उनले बताए ।

युवाहरुले, राज्यको दायित्वलाई आफ्नो अभिभाराको रुपमालिएर अनाथ बालबालिकाहरुको हितमा जुन काम गरका छन् यो असाध्यै अनुकरणीय रहेको उनले बताए ।

कार्यक्रममा कलाकारहरु शान्ति श्री नेपाली, दीपसागर थापा, हरीराम परियार लगायतले आफ्ना कला प्रस्तुती गरेका थिए । कार्यक्रम लियो क्लव अफ गोरखाका अध्यक्ष विदुर भट्टराईको सभापत्वि सचिव बालकृष्ण परियारको संञ्चालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.