- महेश सिंह
सिराहा, साउन २६: प्रहरीले भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउदै गरेको ५० काटुन गौरव सोफी मदिरासहित स्कार्पियोलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले बरियारपट्टी गाउँपालिका १ बाट एचआर ६६१४८७ नम्बरको स्कर्पियोलाई चेक जाँच गर्ने क्रममा ५० कार्टुन गौरव सोफी मदिरा प्रहरीले पक्राउ गरेको हो ।
स्कारपियो सहित २५ लाख मुल्य बराबरको मालसामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् । प्रहरीलाई देख्ने बितिकै स्कारपियो चालक गाडी छाडेर फरार भएको प्रहरीले बताए ।
पक्राउ गरेको गाडी र मदिरा सिराहा भन्सार कार्यालय खैरटोकामा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डि एस पी अपिल राज बोहरा ले बताए।