सिरहाको बन्दीपुरमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

| 2019 Nov 06 | 08:19 pm 75

सिरहा, कात्तिक २०: जिल्लाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा बुधबार श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको बन्चरो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

बिहान पासवानकी श्रीमति कविताले मासु किनेर खाने भन्दै श्रीमानसँग पैसा मागेका थिए । तर श्रीमानले पैसा नदिएपछि सुरु भएको विवादले उग्र लिएर हत्याको अवस्थामा पुगेको प्रहरीले जनाए।

पासवानले श्रीमतीको घाँटीलगायत शरीरका विभिन्न भागमा बन्चरो प्रहार गरेकाले उनको घटनास्थलमै मृत्यु हुन पुगेको प्रवक्ता बोहराले जानकारी दिए ।

घटनापछि पासवान फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.