सिरहाका हरवा चरवा पिरवारलाई राहत

रिपोर्ट नेपाल | 2020 Jun 05 | 05:42 pm 94

महेश सिंह ,सिरहा, जेठ २३ विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस अथवा काेिभड -१९ का कारणले लकडाउनबाट प्रभावित भएका दैनिक राेजगारी गर्ने मजदुरहरुलाई छाक टार्न , हात मुख जोडन समस्या भएका छन् ।

दलित विकास मञ्च सिरहाले, द फ्रिड फण्डकाे सहयाेगमा १ सय ५० घर धुरी हरवा चरवा परिवारलाई राहत वितरण गरेका छन् । मजदुरी त्यागेको हरवा चरवा परिवारले राहत पाएपछि खुशी व्यक्त गरेका हुन् ।

हरवा चरवा परिवारको बिचल्ली हेरेर जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाले अन्नदान गर्न लागेको हो । सिरहाकाे धनगढीमाई नगरपालिकाका वडा नम्बर १, २ र सुखिपुर नगरपालिका वडा नम्बर ७ का हरवा चरवा शसत्तिकरण पिरयाेजना अन्तरगतका बचत तथा ऋण समुह सदस्यहरूलाई प्रति घर धुरी चामल दाल नून र तेल वितरण गरेकाे कार्यक्रम संयाेजक रविन महराले जानकारी दिए ।

राहत वितरणकाे क्रममा सुखिपुर वडा नम्बर ७ का वडा अध्यक्ष विरेन्द्र महताेकाे रोहबरमा राहत वितरण भएका छन् । धनगढीमाई नगरपालिकाका १ र २ का वडा प्रतिनिधिकाे समेत उपस्थित रहेकाे थियाे ।

राहत वितरण स्थलमा समाजिक दुरी कायम गरी राहत वितरणको ब्यवस्था मिलाएरको दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.