सिन्धुलीमा खोलाले बगाएर बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Sep 20 | 03:25 pm 249

काठमाडौं, असोज ४ः सिन्धुलीमा खोलाले बगाएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–६ शिवनगर तल र कारागारकोबीचको ग्वाङखोलामा खेल्ने क्रममा शिवनगरका ८ वर्षीया सुभश्री परियारको मृत्यु भएको हो ।

खोलामा खेल्ने क्रममा पानीमा ढुवेकी बालिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.