सिडिओको दस्तखत किर्ते गरेर नक्कली पास बनाउने दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 29 | 01:02 pm 29

सिरहा, असार १५ः जिल्ला प्रमुख अधिकारी (सिडिओ) को दस्तखत किर्ते गरेर नक्कली पास बनाउने दुई जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर १ स्थित रहेको साइबर एण्ड ट्राभल्सका सञ्चालक विजेन्द्र महतो र प्रमेश्वर महतो रहेका छन् ।

उनीहरुले लकडाउनको बेला सवारी साधान चलाउन नक्कली अनुमति पास बनाउँदै विक्री गरेको गोप्य सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक शरदकुमार थापा क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैको साथबाट विभिन्न कार्यालयका छाप, लेटर प्याड, डेलको ल्यापटप, ब्रदर्शको प्रिन्टर, ब्रदर्शको कलर प्रिन्टर, एचपी पेनड्राइभसहित बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई किर्ते र लिखतसम्वन्धी कसुरमा मुद्दा दर्ता गर्न आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.