सिक्टा सिंचाई समयमै निर्माण सम्पन्न हुने आयोजनाको दाबी

रिपोर्ट नेपाल | 2022 Mar 28 | 05:42 pm 1169

बाँके, चैत १४ः सरकारले निकै महत्वकांक्षि लक्ष्य सहित अघि सारेका राष्ट्रिय गौरवका आयोजना मध्येको एक हो सिक्टा सिंचाई आयोजना । यस सिक्टा सिंचाई आयोजना मध्यमाञ्चल विकास क्षेत्रको बाँके जिल्लाको अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी सोही जिल्लाको पश्चिमि नहर तर्फको ३३ हजार ७ सय हेक्टर र पूर्वी तर्फको ९ हजार हेक्टर खोतीयोग्य जमितलाई सुख्खा लाग्नबाट बचाउने उद्देश्य अनुरुप आर्थिक वर्ष ०६१ /०६२ देखि बाँके जिल्लाको अगैया स्थित पश्चिम राप्ती नदीमा बाँध बाधी नरह निर्माण कार्य सुरु गरिएको थियो ।

आयोजनाको सुरुवातमा क्रमश कृष्णराज तिमिल्सिना, सर्वदेव प्रसाद जैसवाल, दीलिप कार्की लगायतका दिग्गज आयोजना प्रमुखहरुले हाकेका सिक्टा सिंचाई आयोजनामा करिब ४ महिना अघिबाट डा. सन्तोष कैनीको आगमन भएको छ ।

इन्जिनियर पदमा सेवा प्रवेश गरी सी.डी.ई हुँदै सुपर इन्टेण्डिङ इन्जिनियर (सहसचिव) को समेत गरी सिंचाईमा लगभग १६ वर्ष अनुभव बटुलेका डा. कैनी हाल आयोजना प्रमुखको रुपमा कार्यरत छन् ।

पश्चिम नहर तर्फको अगैया, ढकेरी, कोहलपुर हुँदै खजुरासम्म ४५ किलो मिटर नहर निर्माण सम्पन्न भई सिधनिया शाखा नहर, डुुडुवा शाखा नहर, अक्कलधरहवा शाखा, गोहवा उपशाखा, पर्सेनिपुर शाखा, पिडारी शाखाहरुमा हिउदे समयमा पानी संचालन गरी कृषकहरुले गहुँ, तोरी लगायत अन्य बालीहरु रोप्न सुरु गरिसकेका छन् ।

पूर्वी नहर तर्फ ५३.५ किलो मिटर नहर निर्माण गर्ने लक्ष्य अनुरुप हाल ३८.१ सम्म स्टक्चर सहित निर्माण गर्ने लक्ष्य लिएको छ भने ४४ किलो मिटरसम्म पानी चलाउने लक्ष्य रहेको छ । उक्त कार्यबाट मुल बाँधको राजकुलो देखि गंगापुर शाखासम्म करिब ५ हजार हेक्टर जमिनलाई सिंचाई सुविधा उपलब्ध गराउने छ । हाल पूर्वी नहरको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको छ । सो आयोजनामा डा. कैनीको आगमन पश्चात् निम्न बमोजिमको भौतिक प्रगति भइरहेको देखिन्छ ।

कार्यको नामः सिक्टा फत्तेपुर नहर तथा इन्टेक संरक्षण
कार्यहरुको प्रगती
१. राप्ती नदीमा कटान भईरहेको जोखिमपूर्ण क्षेत्रमा launching, toe wall र spur निर्माणाधिन अवस्थामा।
2. सोही ठाउँमा Revetment र Embankment सँग सँगै निर्माण भईरहेको।
आयोजनाबाट लाभान्वित
१.राप्ती नदीमा निर्माण भईरहेको Embankment ले नदी नजिकैको क्षेत्रलाई बाढीको बेला डुबान हुनबाट बचाउँछ
यसका साथै नदीको पानीलाई overtopping हुनबाट रोकी त्यस नजिकको क्षेत्रलाइ पानीको जोखिमबाट बचाउने कार्य
समेत गर्नेछ ।
२.राप्ती नदीमा निर्माण भईरहेको Launching apron, studs, toe wall, Revetment जस्ता संरचनाले खोलाको
तटलाई स्थिर,सबल तथा बलियो बनाउनुका साथै खोलालाई कटान हुनबाट बचाउने कार्य गर्नेछ ।
३.उक्त नदीको तट नजिकै अवस्थित रहेको पुरानो फत्तेपुर नहरको मुहान (Canal Intake) तथा रोड क्षेत्र कटान हुन
बाट बचाउने कार्य गर्नेछ ।
कार्यको नामः पिडारी नहर तथा नहरसँग सम्बन्धित अन्य संरचनाहरुको निर्माण
१. ग्याबियन जालीको Launching apron, wall को निर्माण कार्यहरु
२. नहर निर्माण Chainage ३+६०० देखी ४+१०० कि.मी. मा
आयोजनाबाट लाभान्वित
१.गाउँले सडक पुलको संरचना कटान बाट बचाउने कार्य गर्नेछ ।

२.निर्मित नहर बाट लगभग १५०० देखि १६०० हेक्टर सम्म खेती योग्य जमिनलाई उक्त नहरबाट सिंचाई पुर्याउने कार्य गर्नेछ ।
३.पिडारी खोलाको तटमा अवस्थित खेती योग्य जमिनलाई कटान हुन बाट बचाउने कार्य गर्नेछ ।
४.पिडारी नहर र त्यसमा अवस्थित संरचना जस्तै escape, VRB, HR/CR लाई कटान हुन बाट बचाउने कार्य गर्नेछ ।
५.पिडारी खोलाको तटलाई स्थिर,सबल तथा बलियो बनाउनुका साथै खोलालाई कटान हुनबाट बचाउने कार्य गर्नेछ ।

राप्ती नदी पश्चिम (दायाँ) ३३ हजार सात सय ६६ हेक्टर र राप्तीपूर्व (बायाँ) नौ हजार हेक्टर गरी कूल ४२ हजार सात सय ६६ हेक्टरमा सिँचाइको लागि पानी उपलब्ध गराउन सकिने सिक्टा सिँचाइ आयोजनाले जनाएको छ। अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सोही जिल्लाका तत्कालीन ४३ गाउँ विकास समिति र नेपालगन्ज नगरपालिकाअन्तर्गतको ४२ हजार सात सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइका लागि पानी उपलब्ध गराउने उद्देश्यले सिक्टा सिँचाइ आयोजना सुरु भएको थियो। जिल्लाको राप्ती नदीको पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइ पुयाउने लक्ष्य लिएको छ भने पूर्वी मूल नहरले राप्ती नदीको पूर्वी भेगको करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुयाउने लक्ष्य राखिएको छ।

पश्चिम नहरमा भने पानी सञ्चालन भएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी बिशाल यादवले जानकारी दिए। उनले भने निर्माण जिम्मा लिएको कम्पनीले तिब्र रुपमा निर्माण काय गरिरहेकाले समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। निर्माण कार्यमा अन्य बाधा व्यवधानहरु नआएमा समयमै निर्माण कार्य सम्पन्न गरी कृषकहरुको खेतबारीमा माग अनुसारको पानी पुर्याउन सकिने कुरा सूचना अधिकारी यादवले बताए ।

हालसम्म सिक्टा सिंचाईको प्रगति ६९ प्रतिशत निर्माण सम्पन्न भई सकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.