सासुले धारिलो हतियार प्रहार गर्दा ज्वाई घाईते

| 2019 Nov 07 | 12:09 pm 45

दाङ, कात्तिक २१: गए राति दाङमा सासुले ज्वाईलाई धारिलो हतियार प्रहार गर्दा ज्वाई घाइते भएका छन् ।

बुधबार राति करिब ८ः ४० बजेको समयमा दाङ शान्तीनगर गाउँपालिका वडा नं ३ का ३१ वर्षीय गणेश चन्दलाई सासुले हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जानकारी दिए ।

दाङ घोराही उपमहानगरपालिका वडा नं ८ घर भई हाल वडा नम्बर १० नारायणपुर बस्ने ४१ वर्षीया मधु कुमारी मल्ल सासु आमाको घरमा आएको बेलामा श्रीमान श्रीमतिबीच सामान्य विवाद भई कुटपीट भएको बुझिएको छ ।

कुटपीट भएकोमा सासु आमाले मेरी छोरीलाई किन कुटेको भनि धारिलो हतियारले ज्वाई गणेश चन्दलाई टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।

घाइते चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा सामान्य उपचार पश्चात नेपालगञ्ज बाँके रिफर गरिएको बताइएको छ ।

चन्दका श्रीमति सरस्वती मल्ल सामान्य घाईते भएकोमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भईरहेको प्रहरीले बताए ।

सासु मधु कुमारी मल्ल वडा प्रहरी कार्यालय घोराही दाङले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.