सालको चिरान काठ बरामद

रिपोर्ट नेपाल | 2021 Oct 11 | 08:21 am 237

धनकुटा, असोज २५ः सहिदभुमि गाउँपालिका ५ स्थित खोकु पुछारको बनबाट अज्ञात व्यक्तिहरुले सालको काठ अवैध रुपमा चिरानी गरी निकासी गर्नको लागि खोकु देखि घोङ्टाङ जाने कच्ची सडक बाटोमा निकालेर राखेको अवस्थामा प्रहरी चौकी आखिसल्लाबाट खटीएको गस्ति टोलीले फेला पारी बरामद गरेको छ ।

उक्त थप काठको थप अनुसन्धान गर्नको लागि ईलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी निरीक्षक काजी बहादुर बस्नेतको कमाण्डमा ४ जनाको टोली खटी गई अनुसन्धान गर्न ९० थान चिरान काठ नियन्त्रणमा लिएको र उक्त काठहरु ईलाका प्रहरी कार्यालय छिन्ताङमा ल्याई राखेको बताइएको छ ।

उक्त सालको काठ चिरान गर्ने व्यक्तिहरुको खोजी कार्य भई रहेको छ । डिभिजन वन कार्यालय आँखिसल्ला धनकुटावाट कर्मचारीहरु खटी आई नाप जाच गर्दा चिरानी गरी ३०.५५ क्यु फिट रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.