सामुदायिक विद्यालयमा नपढाए तलब रोक्का हुने

| 2019 Apr 05 | 07:59 am 69

सल्यान, चैत्र २२ : जिल्लाको दार्मा गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न जनप्रतिनिधि र सरकारी कर्मचारीका सन्तानले अनिवार्य सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय गरेको छ । सबैलाई समान शिक्षा दिने उद्देश्यले सल्यानको दार्मा गाउँपालिकाले गरेको यो नमुना कामको सर्वत्र प्रशंसा गरिएको छ ।

आगामी शैक्षिक सत्रदेखी दार्मा गाउँपालिकाले जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनु पर्ने निर्णय गरेको हो । गाउँपालिकामा बसोबास गर्ने कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाएको पाइएमा सेवा सुविधाबाट बञ्चित गरिनेसमेत निर्णय गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीका अनुसार शिक्षामा भएको व्यापारीकरणलाई निरुत्साहित गरी सबै जनताका छोराछोरीहरुले समान शिक्षा आर्जन गरुन भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

गाउँपालिकाले गरेको निर्णय उल्लंघन गरेर सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि र सरकारी कर्मचारीको तलब रोक्का गरिने पनि अध्यक्ष केसीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.