साफ च्याम्पियनसि : भारतद्वारा माल्दिभ्स ६-० ले पराजित

रिपोर्ट नेपाल | 2019 Mar 13 | 05:19 pm 31

विराटनगर,  फागुन २९ :  साफ च्याम्पियनशीप महिला फुटबलको पाँचौ संस्करणमा भारतले शानदार जित  निकालेकाे छ । आज बुधबार  विराटनगरको शहीद रंगशालामा भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ६-० ले पराजित गरेको हाे ।

सातौं मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १२ औँ मिनेटमा सन्ध्या रंगनाथानले पेनाल्टी क्षेत्रभित्र बलमा उत्कृष्ट नियन्त्रण गर्दै प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २२ औँ मिनेटमा इन्दुमति कासिरेतानले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अमिनाथ लिजाको हातमा लाग्दै गोलमा परिणत भयो ।

२७ औँ मिनेटमा सन्जु यादवले ६ यार्ड बक्स नजिकबाट गोल गर्दै ४-० ले अगाडी बढाइन् । पहिलो हाफको इन्जुरी समयमा रतनबाला देवीले फ्रिकिकमा सिधै गोल गर्दै पाँच गोलको अग्रता दिलाइन् ।

दोस्रो हाफमा भारतले अाक्रमणलाई निरन्तरता दिएपनि गोल थप्न निकै कसरत गर्नुपर्यो । ८९ अौं मिनेटमा सन्जुले झन्डै २५ यार्ड टाढाबाट गोल गर्दै ६-० को जित पक्का गरिन्।

साविक विजेता भारतको समूहमा श्रीलंका र माल्दिभ्स रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.