सातै प्रदेशका सशस्त्र प्रहरी कार्यालयमा प्रतिआतंकवाद सेल निर्माण गर्ने तयारी

| 2021 Mar 29 | 08:35 am 201

काठमाडाैं, चैत १६ः सशस्त्र प्रहरीले मुलुकको कुनै पनि भू–भागमा हुनसक्ने आतंवादवादी गतिविधि र पृथकतावादी गतिविधि नियन्त्रणमा सहयोग गर्न सातै प्रदेशका सशस्त्र प्रहरी कार्यालयमा प्रतिआतंकवाद सेल निर्माण बनाउन लागेको छ।

सशस्त्र प्रहरी ऐन परिच्छेद–२ को धारा ६ मा भएको लसशस्त्र प्रहरी बल, नेपालको गठन र सञ्चालन सम्बन्धी व्यवस्थालाई टेकेर सशस्त्र प्रहरी मूख्यालयले सबै प्रदेश कार्यालयहरूबाट सञ्चालन हुनेगरी प्रतिआतंवकवाद सेल निर्माण गर्न लागेको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले सशस्त्र प्रहरी ऐनमा भएको व्यवस्था अनुसार नै नेपालको कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न प्रतिआतंकवादी सेल निर्माण गर्न लागिएको बताए । ‘विश्वव्यापी रूपमै बढ्दै गएको आतंकवादको प्रतिछाया नेपालमा पनि पर्नसक्छ त्यसका लागि सुरक्षा अधिकारीहरू हरहालतमा तयार रहनुपर्छ। नेपालको भूभागमा पनि आतंकवादी प्रवेश गर्न सक्छन् नियन्त्रणको लागि चाहिने आवश्यक जनशक्ति र जनशक्ति परिचालनका लागि सशस्त्र प्रहरी बलले छुट्टै सेल निर्माण गर्न लागेको हो जुन कुरा हामीलाई सशस्त्र प्रहरी ऐनले नै व्यवस्था गरेको छ,’ डिआइजी अर्यालले भने।

सशस्त्र प्रहरी ऐनले नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्राोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न, नेपाल को कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न, नेपालको कुनै भागमा भएको वा हुन सक्ने दंगा नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई अधिकार दिएको छ । सोही अधिकारलाई प्रयोगमा ल्याउन प्रतिआतंकवादी सेल बनाउन लागेको सशस्त्र प्रहरीले जनाएको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.