काठमाडौं, वैशाख १४ः नेपाल सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुराको जानकारी दिएका हुन् ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक दिने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ । मन्त्री कार्कीले यो निर्णयबारे विस्तृत रुपमा बताइसकेका छैनन् र यो परीक्षणको रुपमा बिदा दिने निर्णय भएको हो ।
पेट्राेलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले यो निर्णय सार्वजनिक गरिएको टिप्पणी गरिँदैछ ।