साइकलमा भारत जाँदै गर्दा दुर्घटनामा परी दुईको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 30 | 07:36 pm 50

लिलतपुर, चैत १७: सोमबार बिहान वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा साइकल दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक मोहनकुमार भडेलले जानकारी दिए ।

झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

कोरोना सङ्क्रमण फैलिन नदिन मुलुकमा लकडाउन भइरहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा दुईको मृत्यु भएको जनाइएको छ ।

मुकेशका बुबा सुरेशकुमार र अर्का छिमेकी दीनानाथ प्रसाद दुईजनाका पछिपछि अर्को साइकलमा जाँदै गर्दा उक्त दुर्घटना भएको जानकारी आएको हो ।

उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.