साँझ नेपालमा थप ९ जनामा काेराेना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 May 22 | 09:26 pm 44

काठमाडाैं, जेठ ९ः शुक्रबार साँझ नेपालमा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यस विवरणकाे जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले दिएका हुन् ।

नयाँ संक्रमितहरुमा दुई महिलासहित ७ पुरुष रहेका छन् । संक्रमितहरुमा हेटौडा ३ मकवानपुरकी ५४ बर्षीया महिला, भक्तपुर ९ की ४२ बर्षीया महिला छन् ।

यस्तै संक्रमित पुरुषहरुमा बलान विहुन गाउँपालिका सप्तरीका ३५ बर्षीय पुरुष र बारा सिमरनगढ नगरपालिकाका २२, २७ , ३० , ३४ , ३८ र ४५ बर्षका पुरुषहरु रहेका छन् ।

यो संगै संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य र संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे बताए  ।

यस अघि शुक्रबार विहानमात्र ३० जनामा, दिउँसो २० जनामा संक्रमण पाइएको थियो भने साँझ ९ गरी एकै दिन ५९ नयाँ संक्रमित मुलुकमा थपिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.