सहकारीका अध्यक्षद्वारा कार्यालयमै युवती बलात्कार, सिसिटिभी देखाएर १ करोड रुपैयाँ ब्ल्याकमेलिङ

| 2020 Feb 14 | 10:09 am 1647

काठमाडौं, फागुन २: प्रमाणपत्र तहको पढाई सकिए लगत्तै लिजा कार्की (परिवर्तित नाम)लाई जागिर खाने रहर लाग्यो । साथीहरुकै सहारामा उनी काठमाडौंको मैतीदेवीमा कार्यालय रहेको दूरदर्शन बचत तथा ऋण सहकारी संस्थामा पुगिन् ।

भर्खर किशोरावस्था पार गर्दै गरेकी लिजाको शारीरिक सुन्दरताले सहकारीका प्रमुख कार्यकारी अध्यक्ष प्रमोद चन्द्र अधिकारीलाई लोभ्यायो । उनलाई रिसेप्सनमा राखे । लिजाले काम सिक्दैै थिइन् । त्यहीबीचमा उनकै एक साथी पनि सोही सहकारीमा जागिरका लागि भर्ना भइन् । तर, लिजाकी साथीले ८ महिनामै काम छोडिन् ।

सहकारीमा काम गर्ने ३ जना कर्मचारी मार्केटिङका लागि बजारमा जान्थे । लिजा एक्लै रिसेप्सनमा बस्थीन् । उनीमाथि सहकारीका अध्यक्ष प्रमोदले आँखा लगाउन थाले ।

केही दिनमा कार्यालय मैतीदेविमै शाखा रहेको ग्लोबल आईएमई बैंकसँगैको रातो घरमा सर्यो । त्यो रातो घरको अध्याँरो कोठामा लिजामाथि सहकारीका प्रमुख कार्यकारी अध्यक्ष प्रमोद चन्द्र अधिकारीले इज्जत लूटे । सिसिटिभीमा रेकर्ड भएको भिडियो तेरो बुवालाई देखाइदिन्छु भन्दै ब्ल्याकमेलिङ गरे र करोडौं रकम असुली गरे । सहकारीको करोडौं हिनामिना गरेर उनै लिजामाथि आरोप लगाए । लिजाको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर टेकुले केही दिनअघि बलात्कार अभियोगमा अध्यक्ष प्रमोद चन्द्र अधिकारीलाई पक्राउ गरेको छ । लिजाले दियोपोष्टकर्मी समक्ष आफूमाथि भएको ज्यादतीको विस्तार सुनाएकी छिन् ।

प्रस्तुत छ उनले दिएको बयानको सम्पादित अंश

म लिजा कार्की । काम खोजीको दौरान साथीहरु मार्फत म आजभन्दा ५ वर्षअघि मैतीदेविमा कार्यालय रहेको दूरदर्शन बचत तथा ऋण सहकारी संस्थामा पुगेँ । शुरुमा मैले सबै काम आफै सिकेँ । म कुनै सिग्नेचर वा हस्ताक्षर चल्ने मान्छेको रुपमा होइन रिसेप्सनमा काम गर्थें ।

मेरो एउटा साथी थिइ । उनी पनि म भन्दापछि त्यो कार्यालयमा काम गर्न आइन् । उनी एकदमै राम्री थिइन् । तर सात आठ महिनामै काम छोडिन् । मैले अहिले आएर थाहा पाएँ । उसलाई पनि ‘सेक्सुअल ह्यारासमेन्ट’ गरेको रहेछ । मेरी साथीले प्रहरीलाई बयान पनि दिइसकिन् । ‘मैले तलाई त्यतिबेला भन्न सकिनँ । त्यो मान्छे खराब थियो,’ मेरी साथीले भनेकी थिइन्, ‘उसले म जहाँ गएपनि बोलिदिन्छु ।’

म मुटुको विरामी छु । मलाई सानो कुरादेखि पनि डरलाग्छ । प्रमोदचन्द्र अधिकारीले मलाई शुरुमै टच गर्न खोज्थ्यो । तपाईं त मेरो बाबुको उमेरको मान्छे मलाई किन यस्तो गरेको म यस्तो वातावरणमा काम गर्न सक्दिनँ । म जागिर छाडिदिन्छु’ कयौँ पटक मैले यसो भन्दा उसले ‘सरी म गर्दिनँ’ भन्थ्यो । मैले यस्तो कुरा कसैलाई शेयर गर्न सक्दिनँ थेँ ।

जागिर छोड्छु भन्दा उनीहरुले छोड्न दिँदैन थे । ‘अब तिमीले भन्ने वित्तिकै कहाँ जागिर छोड्न पाउँछौ ? अर्को मान्छे ल्याएर सबैकुरा सिकाएर सबै चेक गरेर मात्रै जव छोड्न पाउँछौ भन्थे ।

एक दिन सहकारीका अध्यक्ष अधिकारीले मलाई एउटा ब्याग गिफ्ट दिनु भयो । त्यो ब्याग भित्र अन्डरवेयर रहेछ । मलाई भित्र भित्र निकै असहज लाग्यो र मैले काम छोड्ने निर्णय गरेँ । तर, उसले माफी माग्दै अब यस्तो नगर्ने बाचा गर्यो । म फेरी काममै फर्किएँ ।

पछि त्यहाँ एक जना दाई काम गर्न आउनुभयो । उहाँ आएपछि मैले सुरक्षित महशुस गर्न थालेँ । पहिले सहकारीको कार्यालय डिल्लीबजारकै अलिकति अगाडी थियो । पछि ग्लोबल आइएमई बैंकसँगैको रातो घरमा सर्यो ।

दूरदर्शन सहकारीका कार्यकारी अध्यक्ष प्रमोद चन्द्र अधिकारी त्यहाँ खाता खोल्दा कुनै कस्टोमरले दिएको आफ्नो नागरिकता लगायत व्यक्तिगत कागजातका आधारमा नक्कली ऋण बोकाउने गरिन्थ्यो । फेक लोन इस्यु गर्ने । आफै ल्याप्चे हान्ने । आफै सिग्नेचर गर्ने । त्यो पैसा आफै प्रयोग गर्ने प्रमोद चन्द्र अधिकारीको धन्दा नै थियो । कष्टोमरलाई थाहा हुँदैन की उसको नाममा त्यो सहकारीमा ऋण छ ।

त्यो सबै प्रमाण पनिसँग छ । त्यो थाहा पाएपछि ती दाईले काम छोड्नु भयो । मेरो ममिको पनि त्यो सहकारीमा खाता थियो । त्यसले मेरो ममि र बहिनीको नाममा पनि त्यसले ऋण राखेर चलाएको थियो ।

ती दाईले काम छाड्नु भएपछि म एक्लै अफिसमा हुन्थेँ । प्रमुख कार्यकारी अध्यक्ष प्रमोद चन्द्र अधिकारी पनि कार्यालय छाड्दैन थे । अन्य काम गर्ने साथीहरु बाहिर मार्केटमा जान्थे । किचेनमा काम गर्ने दिदि आफ्नै कोठामा हुनुहुन्थ्यो । म एक्लै भएको मौकामा उसको क्रियाकलाप बढ्न थाल्यो । मेरो स्तनमा स्पर्श गर्ने, गोप्य अंगहरुमा छुन लगाउने गर्न थालेपछि म निरश भएँ । यस्तो कुरा कसलाई कसरी भनौँ ।

अन्तै जागिर पाउन पनि मुस्किल । म सहेरै बस्न बाध्य भएँ । म मेरो एउटा केटा साथीसँग सम्बन्धमा थिएँ । ५÷६ वर्षदेखि देखि हामी विहे गर्ने तयारीमा थियौं । मलाई मेरो केटा साथीले फोन गर्दा सहकारीका प्रमुख रिसाउँथे । गत दशैंमा हामीले विहे गर्ने तयारी गरेका थियौँ । मेरो विहेपछि म काम गर्दिन भनेको थिएँ । त्यस्तो वातावरणमा म काम गर्न कसरी सक्थेँ र ।

भदौ २२ गतेको त्यो कालो दिन

गत भदौ २२ गते म नियमित जस्तै अफिस गएको थिएँ । मलाई उसले मिटिङ रुममा बोलायो । मेरो उ हाकिम थियो । उसले बोलाएपछि म जानै पर्यो । म गएँ । म जाने वित्तिकै उसले मेरो लुगा खोल्दियो । उसको बलको अगाडी म के गर्न सक्थेँ र । म कराएँ । ठूल–ठूला चारवटा कोठा थिए । सबै कोठामा सिसि क्यामेरा थिए । एउटा कुनामा रहेको मिटिङ रुममा मेरो इज्जत लुटियो ।

 

म बेस्सरी रोएँ । मैले बल प्रयोग गरेर भाग्न खोजेँ । तर सकिनँ । म बेस्सरी कराएँ पनि त्यहाँ रहेको काम गर्ने दिदिले सायद सुन्नु भएको थियो होला । दिदिले सुनेर के भयो भन्नुभयो । मलाई छोडेर उ यता अर्को कोठामा गयो । सेतो कलरको मेरो टिसट च्यातियो । म बाथरुममा आएर रोएँ । च्यातिएको टिसट र घाइते शरीर लिएर म घर फर्किएँ । मेरो अस्मिता लुटिएको घटनाको त्यो भारी मैले घरमा कसैलाई विसाउन सकिनँ । अफिस एक छिन जाने र फर्कि हाल्ने गर्न थालेँ । २र३ दिन यस्तै चल्यो ।

घटना भएको ३र४ दिनपछि उसले मलाई ब्ल्याकमेलिङ गर्न थाल्यो । ‘भोली यति पैसा झिक्ने मान्छे आउँदैछ मलाई पैसा ले नत्र सिसिटिभीले खिचेको भिडियो क्लिप छ । त्यो तेरो बाबालाई देखाइदिन्छु’ उसले यसो भन्न थाल्यो । मलाई बाबाको एकदमै मायाँ लाग्छ । सानोदेखि नै मलाई बाबाले एक लपेटा पनि लगाउनु भएको छैन । यो कुराले बाबाको मनमा के पर्ला भन्ने मलाई झन डर लाग्न थाल्यो ।

म यति बोल्न सक्ने भएको पनि बाबाकै कारणले हो । उसैमा म मुटुको विरामी मलाई कहाँबाट हुन्छ पैसा लिएर दिन्छु भन्ने मात्रै भयो । बाहिरबाट मिटर ब्याजमा पैसा खोजेर उसलाई दिएँ । शुरुमा ८ लाख २४ हजार रुपैयाँ दिएँ ।

‘भिडियो मसँग छ । तेरो बाबालाई देखाइदिन्छु’ भनेरै ममाथि ब्लाकमेलिङ गर्न थाल्यो । बाबालाई देखाएपछि के हुन्छ रु बाबाले मेरो बाध्यता बुझ्ने हो की नबुझ्ने हो । ९भक्कानिँदै० मलाई नै उल्टै नराम्रो भन्ने हो की भन्ने दिमागमा आयो । बाबा प्रेसरको विरामी हुनुहुन्छ । १५ वर्षदेखि औषधी खाइरहनु भएको छ । मैले कसैलाई केही भन्न सकिन । उसले मागेजति पैसा दिँदै गएँ । तीन चार पटक आत्महत्या गर्ने प्रयास गरेँ । सुसाइट नोट पनि लेखेँ ।’ यसबीचमा उसले ममाथि ब्ल्याकेलिङ गर्न छाडेको थिएन ।

पूर्व तयारी अनुरुप दशैंमा हाम्रो विवाहा भयो । मलाई मेरो श्रीमानले औधी माया गर्नुहुन्छ । उहाँले पनि सहकारीमा नै पैसा जम्मा गर्नु भयो । रेष्टुरेन्ट बेचेको रकम पनि सहकारीमै राख्नु भयो । हामीले ५४ लाख रुपैयाँ सहकारीमै जम्मा गर्यौँ । जसको बैंक भौचर हामीसँग सुरक्षित छ । मैले ४० लाख रुपैयाँ मिटर ब्याजमा पैसा खोजेर बुझाएँ । यता उता गरेर करिब एक करोड हामीले सहकारीमा बुझायौँ ।

तर मैले म माथि भएको बलात्कारको घटना परिवारलाई भन्न सकेको थिइनँ । सहकारीमा रकम हिना मिना भएको घटना बाहिर आयो । करिब डेढ करोड रुपैयाँ हिना मिना गरेको अभियोग पनि मैमाथि लगाइयो ।

जब की म त्यो सहकारीको कुनै निर्णायक ठाउँमा थिइन । सामान्य कर्मचारीमाथि यत्रो हिनामिनाको आरोप लागेपछि बाबा सहकारीको कार्यालयमा जानु भो । मेरो श्रीमान पनि जानु भयो । मैले हिनामिना गरेको प्रमाण माग्नु भयो । तर अध्यक्ष प्रमोदले प्रमाण दिन सकेनन् ।

बाबाले सोध्नु भयो, ‘उसको सिग्नेचर चल्दैन, उ कुनै आधिकारिक व्यक्ति होइन कसरी उसले हिसाब बिगार्यो भनेर सोध्नु भयो । प्रमाण देखाउनुस् भन्दा केही देखाउन सकेन । जब की मेरो ममिले अहिलेसम्म त्यो अफिस देख्नु भएको छैन । उहाँको नाममा पनि लोन बनाइयो । त्यो रकम प्रमोदले नै हिनामिना गरे ।

म इन्ट्रि मात्रै गर्थें । प्रमोदले क्लोज गर्थ्यो । मार्केटिङमा ३ जना थिए । भित्र एप्रुभ गर्ने सबै उसैले गर्थ्यो । भित्र हामी दुई जना मात्रै थियो ।

एक जना काम गर्ने दिदिले म कयौं पटक रोएको देख्नुभएको छ । तर, उसले अहिले आएर बोल्दैन । किन भने उसको पनि जागिरको सवाल होला । हामीले साक्षी बयानका लागि बोलाउँदा पनि उनले भेट्न मानिन् ।

बाबाले मलाई सोध्नु भयो,‘तिमीले मिटर ब्याजबाट खोजेको पैसा र ज्वाईंले दिएको पैसा कहाँ लग्यौ ?  तिमीलाई पक्कै केही भएको छ । वास्तविकता भन । तिम्रो मनको कुरा भन ।’ बाबाको यी प्रश्नको उत्तर दिनुको मसँग विकल्प थिएन । कार्तिक अन्तिम साता ममाथि भएको घटना विवरण सुनाइदिएँ ।

जब बाबा रुनु भयो

मेरो यो कुरा सुनेर बाबा असाध्यै रुनु भयो । मेरो बाबा रोएको मैले पहिलो पटक सुनेको हो । मैले देखेको थिइनँ । म अहिले बाबालाई आँखा जुधाएर हेर्न सक्दिनँ ।

बाबाले प्रहरीमा जानुपर्छ भन्नु भयो । मेरो साथीले पनि बाबालाई भनिन्,‘मलाई पनि त्यो मान्छेले त्यस्तै गरेको हो । मेरो बयान चाहिन्छ भने म जहाँ गएर पनि बोल्दिन्छु ।’

हामी प्रहरी कार्यालय गयौं । शुरुमा प्रहरीले जाहेरी लिन मानेन । तर, पछि वास्तविकता बुझेपछि जाहेरी लियो । गत माघ २२ गते प्रहरीले जाहेरी लियो । शुक्रबार २२ गते मैले जाहेरी दिएँ । सोही दिन उ पक्राउ पर्यो । पक्राउ परेपछि प्रहरीले उसलाई हतकडी लगाउन खोज्यो तर उसले मानेन । पक्राउपछि सम्मानित जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको थियो । ५ दिनको म्याद सकिएपछि फेरी २९ गते फेरी ५ दिनको म्याद थप गरेको छ ।

भदौ २२ देखि माघ २२ सम्म म किन चुप बसेँ ?

मलाई डर थियो । मेरो डर र मुटुको रोगको विषयमा डक्टरसँग बुझ्दा पनि हुन्छ । मेरो मेडिकल रिपोर्ट हेर्दा पनि हुन्छ । म एकदमै डराउँछु । मैले ममिलाई त भन्छु भनेर कति धेरै प्रयास गरेँ । तर सकिनँ । बहिनीहरु सानै छन् । उनीहरुलाई कसरी भन्नु । मामाको छोरी हुनुहुन्छ मेरी दिदि । ‘दि’ हजुरलाई एउटा कुरा शेयर गर्नुछ भनेर कति पटक अगाडी बोलाएँ तर दिदि अगाडी देखेपछि म बोल्न सकिनँ ।

आत्महत्याको असफल प्रयास

मलाई अधिकांश समय आत्महत्या गर्ने सोँच आउँछ । म मरेर मेरो परिवारले न्याय पाउँछ भने म मर्छु भन्ने सोँच धेरै आउँछ । मैले धेरै पटक प्रयास पनि गरेँ ।

यदि म मरेर उसलाई सजाय हुन्छ भने म मर्न पनि तयार छु । उसलाई सजाय भएन भने म बाँच्नुको अर्थ पनि के रहला र ।

उ धेरै शक्तिशाली मान्छे हो । अस्ति प्रहरीले पक्राउ गरेपछि हत्कडी लगाउन मानेन । उसको पक्षमा माथी माथिबाट फोन आएको थियो । मैले केस गर्छु भन्दा उसले एआइजी मेरो दाई छ भन्थ्यो ।

३ बजे उसलाई कालिमाटी स्थित महिला सेलमा पुर्याउँदा उसलाई बेलुका ८ बजे मात्रै हत्काडी लगाएको थियो । त्यहाँ महिला प्रहरीमाथि पनि माथिको दबाव थियो ।

म बालुवाटार बस्छु । मेरो घर नजिकै विहान सँधै आउँथ्यो । म घरमा भएको बेला उसको म्यासेज आउँथ्यो,‘तिमी र म सँगै नुहाउन पाए हुन्थ्यो’ । त्यो म्यासेजेले मलाई हैरान बनाएको थियो । आज यति पैसा लिएर आइज नत्र तेरो बुवालाई भिडियो देखाइदिन्छु भन्ने म्यासेज पनि थियो । तर डरकै कारण मैले डिलिट गरेँ । फरेन्सिक ल्याबबाट निकाल्ने कोशिस भैरहेको छ ।

घर तिरको दाइहरु मिटर ब्याजको कारोबार गर्नुहुन्थ्यो । उहाँहरुसँग रोइकराई गरेर मैले पैसा मागेर बुझाउँथे । मैले बाबाको लागि, बहिनिको लागि चाहिएको भनेर बहाना बनाउँथे । कयौं पटक बाबा विरामी हुनुभएको छ भनेर ढाँटेर पैसा मागेँ र त्यो यौन पिपासुलाई बुझाएँ । मैले बाहिरको मान्छेसँग मात्रै ४० लाख रुपैयाँ मागेर बुझाएँ ।

मैले जोसँग ऋण लिएको थिएँ । उहाँहरुले चेक बाउन्स गराएको छ । चिनेको बहिनी भएर मात्रै हुँदैन । त्यतिबेला मैले मेरो पछिको कुरा सोचिनँ । तत्काल कसरी डरबाट भाग्ने भन्ने सोँचे । प्रहरीले अनुसन्धानको क्रममा सिसिटिभी फूटेज ल्याउँछ की भन्ने आशा छ । तर, उसले त्यो पनि डिलिट गरिसकेँ भनेर प्रहरीलाई भनेको छ ।

उसको श्रीमती र बालबच्चा पनि छ । उनीहरु गहनापोखरीमा बस्छन् । उसको श्रीमती अस्ति महिला सेलमा आएर मेरो श्रीमानलाई फसाउन खोजिस् तैँले भन्दै मलाई नै उल्टो गाली गरिन् । मलाई त्यसले एक पटक एउटा व्याग दिएको थियो ।

घरमा गएर हेर्दा पेन्टी रहेछ । उसले मलाई दिएको गिफ्ट र उसको श्रीमतीलाई दिएको गिफ्ट उस्तै रहेछ । अस्ति प्रहरी कार्यालयमा प्रहरीले मलाई गिफ्ट दिएको पेन्टी देखाएर यो पेन्टी देख्नु भएको छ भनेर सोध्दा उसकी श्रीमतीले मेरो पेन्टी कहाँबाट ल्याइस् भन्दै कराएकी थिइन् ।

उसको श्रीमतीले मेरो बाबा र मेरो श्रीमानलाई बलात्कारको मुद्दा हाल्छु भनेर धम्काएकी थिइन् ।

श्रीमानले साथ नदिएको भए ?

मलाई यस्तो अवस्थामा श्रीमानले साथ दिइरहनु भएको छ । तर उसको मनमा केही त होलानी भन्ने फिल हुन्छ । म अहिले टेन्सनकै बीचमा बाँचिरहेको छु । मेरो श्रीमानले साथ दिनु भएको छ । तिमीले न्याय पाउनु पर्छ, तिमीले यस्ता मान्छे विरद्ध लड्नु पर्छ भन्नुहुन्छ ।

मुटुमाथि ढुंगा राखेर मलाई आढभरोषा दिइरहनु भएको छ । उहाँकै कारण म यति बाल्न सक्ने भएको छु । नत्र म यतिबेला मरिसकेको हुँनेथिएँ । कतिपटक मैले मर्ने कोशिष पनि गरेँ । कार्तिक पहिलो हप्ता मैले बिष खाएँ ।

म बेहोस भएछु । मलाई मनमोहन अस्पताल ल्याइएछ । काउन्सिलिंग पछि म घर फर्किएँ । अहिले पनि मलाई तनाव धेरै आउँछ । त्यो मान्छे फेरी निस्केला र मलाई ब्ल्याकमेलिङ गर्ला भन्ने डर छ । मैले न्याय पाउँदिनकी भन्ने डर छ ।

उनीहरु पावरफूल मान्छे हुन् भनिन्छ । उनीहरुको शक्तिको अगाडी म अबोला नारीले के गर्न सक्छु जस्तो पनि मनमा आउँछ । ममाथि अन्याय हुँदा पनि उ माथि कारबाही भएन भने म त्यस्तो मान्छेलाई हेरेर बाँच्न सक्दिनँ ।

दियो पोस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.