सशस्त्र प्रहरीद्वारा १ नाल कटुवा पेस्तोल बरामद

| 2022 Mar 28 | 09:27 pm 517

सप्तरी, चैत १४ः जिल्लाको राजगढ गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोल बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका ब्यक्ति सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट गस्तीमा खटिएको टोलीलाई टाढैबाट देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा उक्त पेस्तोल फेला परेको हो ।बरामद कटुवा पेस्तोल नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको लत्ताकपडा बरामद
रौतहट जिल्लाको बौधीमाई नगरपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.