सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको १६ लाख रकमसहित एक पक्राउ

| 2020 Aug 04 | 05:45 pm 168

कपिलवस्तु, साउन २०ः जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १६ लाख नेपाली रुपैंया बरामद गरेको छ ।

उक्त रकमसहित सशस्त्रले एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर १ पकडीका बिनोद सोनार रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले  सोनारलाई उल्लेखित रुपैयाँसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका  सोनारलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निजले उक्त रुपैयाँको श्रोत खुलाउन
नसकेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.