सशस्त्र प्रहरीद्वारा अवैध लागुऔषधसहित दुई जना नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 May 14 | 10:53 am 54

कञ्चनपुर, जेठ १ः लकडाउनको समयमा अवैध लागुऔषधसहित सशस्त्र प्रहरीले  दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ७ हल्दुखाल क्षेत्रका पुष्कर कुँवर र गणेश कुँवर रहेका छन् ।

सशस्त्र प्रहरी निरीक्षक माधव जोशी नेतृत्वको टोली बिहीबार बिहानैदेखि महेन्द्रनगर बजारमा खटिएको टोलीले गेलन सहित मोटरसाईकलमा आएका उनीहरू दुई जनाकाे  साथबाट ३० ग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । साथै, सशस्त्र प्रहरीले उनीहरुको साथबाट ७ हजार ४सय २० रुपैया समेत बरामद गरेकाे जानकारी दिएकाे छ ।

उनीहरुलाई शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बिरसिह शाहुले लकडाउनका बेला खटिएको शसस्त्र प्रहरीले संस्कापद व्यक्तिमाथि चेकजाँच गर्दा मोटरसाईकलमा सवार दुईजनाको साथबाट लागुऔषध फेला पारेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.