सशस्त्र प्रहरीद्धारा श्रोत नखुलेको रुपैयाँसहित एक जना पक्राउ

| 2022 Apr 08 | 12:44 pm 377

सिरहा चैत २५ : सशस्त्र प्रहरीद्धारा सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ खादीस्थित सीमा ईलाकाबाट चैत्र २४ गते सशस्त्र प्रहरीले ४ लाख ७८ हजार १ सय १५ नेपाली रुपैयाँ र ५ हजार ८ सय ६० भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने ४३ बर्षिय मुर्तुजा मियाला छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज मियालालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.