काठमाडौं, बैशाख ५ः गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
आइतबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाका लागि चार डीआईजीले योग्यताका प्रमाणपत्र पेश गरेका थिए । जसमध्ये वरियताको एक नम्बरमा रहेका अर्याललाई सिफारिस गरिएको हो । एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । नेपला समाचारपत्रबाट