सल्यानमा तरकारी बोकेको जीप दुर्घटना, एककाे मृत्यु छ घाइते

रिपोर्ट नेपाल | 2019 Sep 27 | 08:58 am 52

सल्यान, असाेज १०: बिहीबार राति सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।  लु १ च ४२५३ नम्बरकाे जीप कपुरकोट गाउँपालिका वडा न ४ किमचौरबाट कपुरकोट आउदै गर्दा किमचौरको भित्रि सडकमा दुर्घटना भएकाे हाे ।

उक्त दुर्घटनामा परी किमचौर निवासी ६७ वर्षिया कर्मी पुनको मृत्यु भएको प्रहरीले जानकारी दिए । गम्भीर घाइते भएका पुनको अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइते हुनेहरूमा कपुरकोट गाउँपालिका वडा  न ४ की ६८ वर्षिया महिनी पुन, ५३ का लोकबहादुर घर्ती, ५३ का टिकाराम घर्ती, २४ वर्षिया कृष्णा घर्ती, ४३ का तीलक पुन  र ३७ वर्षका तिलक पुन रहेका छन्।

घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइ रहेको छ।  कपुरकोटमा शुक्रबार तरकारी हाट बजार लाग्ने हुँदा उक्त हाटबजारमा तरकारी ल्याउदै गर्दा जीप दुर्घटना भएको प्रहरीको भनाइ छ।

पानी परेका कारण सडक चिप्लो हुँदा गाडी अनियन्त्रित भई गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप चालक र सह चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.