सर्लाही प्रहरीमा एसपीको भन्दा निरीक्षक कुर्मीको चुरीफुरी

| 2020 Aug 04 | 03:37 pm 356

सर्लाही, साउन २०ः प्रहरी मुख्यालयले सर्लाहीका छबिलाल साह लगायत राउत र कुर्मी थरका जुनियर अधिकृतलाई तानेपछि अहिले प्रहरी निरीक्षक राजुप्रसाद कर्मीलाई दशै आएको जस्तै भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रशासन विभागका प्रमुख एवम् घुमुवा डिपार्टका कमाण्डर कुर्मी यतिबेला राति राति चौकी, भट्टी र गोरु भैसी तस्करसँग रकम असुल्न आफै हिड्न थालेका छन् ।

रिपोर्ट नेपाल डटकमलाई प्रहरीको एक स्रोतले दिएको जानकारी अनुसार प्रशासन विभागलाई प्रहरी निरीक्षक राजु कुर्मीले दुहुनो गाई बनाएका छन् ।

उनलाई आर्थिक रुपले रिझाउन सक्ने मालदार ठाउँमा र उनको माग अनुसार बुझाउन नसक्ने प्रहरी कर्मचारी बालुवा पेलाई जस्तै पेलिएर बस्न बाध्य छन् ।

निरीक्षक कुर्मीले चाहाँदा कतिपय इन्चार्जहरु दोहोरीएका छन् भने कतिपयलाई समय नपुग्दै फाल्ने गरिएको छ ।

प्रशासनका निरीक्षक राजु कुर्मीको विश्वासपात्रका रुपमा रहेका र उनलाई राम्रै नजरमा बुझाउँदै आएका प्रहरी नायब निरीक्षक प्रविण भट्टराई इन्चार्जबाट अर्को पोष्टमा इन्चार्ज हुने भाग्यमानी सई हुन् ।

भट्टराई इलाका प्रहरी कार्यालय नवलपुरबाट त्रिभुवन नगर नाकामा पठाइएको छ । जहाँ दिनमा हजारौं रुपैंया तस्करसँग लेनदेन हुन्छ ।

सई भट्टराई १७ महिना नवलपुर बसेर पुन इन्चार्ज पाउने भाग्यमानी हुन् । त्यस्तै निरीक्षक कुर्मीलाई खुसी पारेकै कारण अर्का सई मोहनमणी कटुवाल इलाका प्रहरी कार्यालय कर्मइयामा एक वर्षदेखि तर मार्दै बसेका छन् ।

त्यसैगरी इलाका प्रहरी कार्यालय हिरापुरमा १६ महिनादेखि कार्यरत राजकुमार यादवले पनि प्रहरी उपरीक्षक विश्वमणी पोखरेल र निरीक्षक कर्मीलाई खुसी पारेकै कारण मोज गरेर बसेका छन् ।

यादवलाई एसपी विदामा बसेका समय तत्कालिन डिएसपी प्रतिक राठोरले तस्करसँगको उठबस भएको थाहा पाएपछि जिल्ला तानेका थिए ।

यसरी तानिएका राजकुमार यादलाई एसपी पोखरेल हाजिर भएपछि पुनः हिरापुरमा पठाउनुको पछाडि यादवले एसपीलाई राम्रै नजराम चढाउने गरेको पुष्टि भएको छ ।

क्यासीनोमा लगानी गर्ने एक मिटर व्याजी र कांग्रेसका एक स्थानीय नेता जसले त्यस एरियामा तस्करी गर्छ उनकै जोडबलमा एसपी पोखरेलले यादवलाई इप्रका हिरापुरमा पठाएको चर्चा प्रहरी वृत्तमा छ ।

तराइका जिल्लामा प्राय ६ महिनामा इन्चार्ज फेर्ने प्रचलन भएपनि सर्लाहीका मालदार ठाउँमा भने मालको स्वादमा एक वर्षदेखि धेरै समय इन्चार्ज राखिएको छ ।

बिरेन्द्र सिंह नाम गरेका नामुद तस्करसँग प्रहरी नेतृत्वको राम्रै मितेरी भएका कारण तस्कर गर्न सघाउने इन्चार्जहरु ढुक्कसँग मस्ती गर्दै बसेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.