सर्लाहीमा बस दुर्घटना, चारको मृत्यु, २ दर्जन बढी घाइते

| 2022 Mar 27 | 02:40 pm 429

सर्लाही, चैत १३:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जना यात्रुको मृत्यु भएको छ भने, दुई दर्जन बढी घाइते भएका छन् । ना.४ ख ८५५५ नम्बरको सूर्यलोक यात्रुबाहक बस वीरगंजबाट जनकपुरतर्फ जाँदै गर्दा पुलबाट तल खोलामा खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरुको अहिले पहिचान खुल्न सकेको छैन् । मृतक चारैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा लगिएकाे छ । घाइतेहरुको लालबन्दीको विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । गम्भीर भएकाहरुलाई रिफर गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले बसको अगाडिको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको बताइए पनि यर्थात् जानकारी आउन सकेको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.