सर्लाहीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु

| 2019 Jul 08 | 07:42 am 72

सर्लाही, असार २३:  जिल्लाको बागमती नगरपालिका १२ बथनियामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

आइतबार साँझ ना ४ ख २३०५ नम्बरको टिपरको ठक्करबाट ख्यालसाङ थिङका ५ वर्षीय छोरा आयुष थिङकाे घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आफ्नै घर अगाडीको कर्मैया-हथियौल क्षेत्रीय सडकखण्डमा जोडिएको भित्री सडकमा खेल्दै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

टिपरको ठक्करबाट बालकको ज्यान गएपछि स्थानिय आक्रोशित बनेका छन्। आक्रोशित स्थानीयले अहिलेसम्म बालकको शव उठ्न दिएको छैन्।  ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.