सर्पले टाेक्दा एक बालककाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Jul 11 | 04:45 pm 66

सर्लाही, असार २६:  जिल्लास्थित रामनगरमा सर्पले टाेक्दा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही दक्षिण क्षेत्र रामनगर गाँउपालिका–२ खैर्वा टोल बस्ने शंकर साहको १० वर्षीय छोरा चन्दन साहको मृत्यु भएको प्रहरी चौकी बहुअर्वाले जनाएको हो ।

आफ्नै घरमा खेलिरहेको बालकलाई सर्पले टोकेको थियाे । टाेके पश्चात् बालकको उपचारका लागि रौतहटको गौर लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारले जानकारी दिए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.