सरे खोलाबाट अबैध रुपमा भईरहेको वालुवा गिट्टी उत्खनन् स्थानीयद्वारा रोक

रिपोर्ट नेपाल | 2021 Sep 20 | 11:34 am 801

  • महेश सिंह

सिरहा, लहान असोज ३ः अबैधरूपमा रूपमा भईरहेको वालुवा गिट्टी उत्खनन् तथा निकासीमा स्थानीयबासीद्वारा रोक लगाएका छन्। लहान नगरपालिका २४ गोबिन्दपुर स्थित रहेको सरेखोलामा भई रहेको अबैध उत्खननलाई स्थानीयद्धारा रोकलगाएका हुन्।

खोलाबाट उत्खनन गरी ढुवानी गर्ने सम्पूर्ण गाडिलाई गाउँलेहरुको एक समुहले उत्खनन तथा ढुवानीमा रोकलगाएका छन्। उक्त गाउँमा केही दिन अगाडि गठन भएको नागरिक वडा मंन्च गोबिन्द्पुरका समितिलाई ध्यानाकर्षण गराइएको छ ।

No description available.

उक्त ठाँउमा बाटो निर्माण नहुन्जेलसम्म खोलाबाट कुनै किसिमको उत्खनन हुन् नदिने नागरिक वडा मंन्च समितिको निर्णय रहेको स्थानीयको भनाईरहेको छ। बाटो निर्माण नहुन्जेलसम्म हाम्रो आन्दोलन जारी नै रहने गाउँलेहरूको भनाई छ।

उक्त विषयलाई लिएर लहान नगरपालीकाको मेयर मुन्नी साह र उक्त बडाका अध्यक्ष कमलदेब यादबलाई पटक–पटक रोड बाटो निर्माण गर्न आग्रह गरेपनी कुनै किसिमको पहल कदमि नचालेको स्थानीयको आरोप रहेको छ।

खोलाबाट उत्खनन गरी ढुवानि गर्ने गाडिलाई मात्र रोक लगाएका छौं। ध्यानाकर्षण पत्र केहिदिन अगाडि पनि मेयर साह र वडा अध्यक्ष यादब हालको नदी ठेकेदार र ईलाका प्रशासन लहानलाई समेत बुझाईएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.