काठमाडौं, पुस ३ः सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा साविक ताकु गाबिस २ घर भई हाल ललितपुर सैबु बस्ने बर्षीय ५५ गोपाल बहादुर थापा रहेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले श्री श्रम तथा रोजगार प्रबर्द्धन विभागको पत्र जाहेरीले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७६ मंसिर ११ गतेको फैसलाले १ बर्ष कैद र ३६ लाख रुपैया जरिवाना ठहर भएको थियो ।
उल्लेखित सजाय वेरुजू रही फरार रहेका थापालाई काठमाडौं महानगरपालिका ४ धुम्बाराहीबाट लुकिछिपी बसिरहेको अवस्थामा २०७७ पुस २ गते फेला पारी पक्राउ गरिएको व्यूरोले जानकारी दिएको हो।
पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनका लागि आज मिति २०७७ पुस ३ गते सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको (उपनिर्देशक) प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले बताए।