सरकारले गुठी विधेयक फिर्ता लिएपछि भाेलि विरोधको सट्टा विजय जुलुस मनाउने

रिपोर्ट नेपाल | 2019 Jun 18 | 06:31 pm 191

काठमाडौं, असार ३ : सरकारले गुठी विधेयक फिर्ता लिएपछि आन्दोलनरत समुदायले भोलि गर्न लागेको विरोधको कार्यक्रम सट्टा विजय जुलुस मनाउने भएका छन् ।

विधेयक फिर्ताको माग गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा समिति र गुठियारहरुको अगुवाइमा भोलि काठमाडौँको माइतीघरमा ‘गुठी विधेयक प्रतिरोध कार्यक्रम’ गर्न लागिएको थियो।

ज्यापू महागुठी सङ्घर्ष समितिका संयोजक सत्यनारायण डंगोलले पूर्वनिर्धारित कार्यक्रम नरोकिने तर विजय उत्सवको रूपमा मनाउने जानकारी दिए। ‘सरकारले विधेयक फिर्ता लिएपछि हामीले भोलिको कार्यक्रम विजय उत्सवका रूपमा मनाउँछौ’ उनले भने। उनले अबको केही दिनभित्र आफूहरूको माग समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने पनि जानकारी दिए।

चौतर्फी विरोधपछि भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.