सरकारलाई खर्च धान्न गाह्रो

रिपोर्ट नेपाल | 2020 Jun 18 | 08:19 am 46

काठमाडाैं, असार ४ः संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकार खर्च धान्न नसक्ने स्थितिमा पुगेको बताएपछि आर्थिक क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र खलबलिएका बेला अर्थमन्त्रीबाट उक्त कुरा आएपछि मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको अनुमानसहित तरङ उत्पन्न भएको हो ।

अर्थमन्त्री डा खतिवडाले सरकारलाई अनिवार्य दायित्व पूरा गर्न कठिन भइरहेको बताएपछि मुलुकको अर्थतन्त्रलाई लिएर विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । अर्थमन्त्रीले भनेजस्तै सरकारलाई के साँच्चै खर्च धान्न समस्या भएको हो कि, सरकार यो तथ्य सार्वजनिक गरेर अरू कुनै अभिष्ट पूरा गर्ने दाउमा लागेको छ, भन्ने सन्दर्भमा विश्लेषण गर्न थालिएको हो ।

अर्थमन्त्रीका अनुसार अहिले सरकारलाई अनिवार्य दायित्व पूरा गर्न मासिक ४० अर्ब रुपियाँको खाँचो रहेकोमा हाल भन्सारबाट करिब १५ अर्ब रुपियाँ मात्रै जोहो हुँदै आएको छ । सरकारलाई अहिले मासिक करिब २५ अर्ब रुपियाँ नगद अभाव भइरहेको अर्थमन्त्रीको भनाइबाट बुझिन्छ ।

लकडाउनका कारण अर्थतन्त्र चलायमान हुन नसक्दा अप्ठ्यारो परेको भए पनि अहिले नै गम्भीर समस्या भने नदेखिएको अर्थशास्त्रीहरूको भनाइ छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.