समिट एयरको जहाज आकस्मिक अवतरण

| 2022 Apr 17 | 12:35 pm 253

काठमाडौं, बैशाख ४: सोलुखुम्बुको लुक्लाबाट उडेको समिट एयरको जहाज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण गरिएको छ। त्रिअवि नागरिक उड्‍डयन कार्यालयका अनुसार समिट एयरको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आपलकालिन अवतरण गरिएको हो।

सो जहाज आइतबार बिहान ११ :५० बजे एउटा इन्जिनको सहायताले अवतरण गराइएको हो। नागरिक उड्‍डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले इन्जिनमा समस्या आएपछि एउटा मात्र इन्जिनको भरमा अवतरण गराइएको बताए। सो जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको त्रिअवि नागरिक उड्‍डयन कार्यालयले  जानकारी दिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.