समाजसेवी साहद्वारा स्वतन्त्रबाट मनोनयन दर्ता

रिपोर्ट नेपाल | 2022 Apr 25 | 08:58 am 4121

  • महेश सिंह

सिरहा, बैशाख १२ः निरन्तर समाजसेवामा लगेका युवा प्रेम कुमार साहले सप्तरीको बोदेबर्साईन नगरपालिका ४ बाट स्थानीय निर्वाचनमा भागलिन मनोनयन दर्ता गराएका छन्। साहका अनुसार शुसाशन रहित समाज निर्माण गर्न र सुन्दर समाज निर्माणमा सहयोग गर्न आफू स्वतन्त्रबाट मनोनयन दर्ता गराएको उनले बताए।

बिगत लामो समय देखि समाजसेवामा लागेका युवा तथा समाजिक चिन्तन बोकेका सादगी युवा प्रेम कुमार साहले समाजमा घटेको बेतिथि, बिकृति र भ्रष्टाचार उन्मुख समाज निर्माणका लागि अग्रनी भूमिका निर्वाह गर्न स्वतन्त्रबाट वडा अध्यक्षमा उमेदवारी दिएका हुन्। साहले बैशाख ३० गते हुने निर्वाचनमा भागलिन हिजो मनोनयन दर्ता गराएका हुन्।

सामाजिक चिन्तन बोकेका साह बिगत्त लामो समय देखि समाजसेवा गर्दै आएका छन्। उनी सानै उमेर देखि समाजसेवामा होमिएका हुन्। समाजका सयौं बौद्धिक युवाहरू साहको निर्माणमा सहयोग गर्न इन्छुक रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.