गुल्मी, पुस ३ः समाजसेवी रुद्रबहादुर भुजेलको निजी जीवनमा आधारित वृत्तचित्र हालै सार्वजनिक भएको छ ।
यूकेमा रहेका नाती हिमालकुमार भुजेल र नातिनी अनु भुजेलद्वारा निर्माण गरिएको रुद्रबहादुर भुजेल–अनवरत यात्रा… नामक वृत्तचित्रमा उनले ऐतिहासिक एवम् पौराणिक महत्व बाेकेकाे रेसुङ्गा क्षेत्रकाे संरक्षण र विकासमा पुर्याएको योगदानसहित विभिन्न सामाजिक क्षेत्रका विषयबारे उल्लेख छ ।
सानै उमेमा मातृवात्सल्य गुमाएका भुजेलले लामो समयसम्म रेसुङ्गा क्षेत्रलाई दिएको योगदान र उक्त क्षेत्रको पहिचानलाई भत्कन नदिएको कुरालाई उजागर गर्न पत्रकार महेन्द्र पाण्डेयले भुजेलको वृत्तचित्र बनाउने बारे परिकल्पना गरेका हुन् । झण्डै आधा घण्टाको वृत्तचित्रको निर्देशन र सम्पादन पिताम्बर भण्डारीले गरेका छन् ।