समता अस्पतालको ‘शंकास्पद मृत्यु’ प्रकरण- उत्तम सञ्जेल र उनकी पत्नीसहित ४ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 18 | 06:48 pm 133

काठमाडौं, असार ३ : समता अस्पताल भित्रै झुन्डिएको अवस्थामा फेला परेको शव फेला परेपछि उत्तम सञ्जेल र उनकी पत्नीसहित ४ जना पक्राउ परेका छन् । मृतक बिमला तामाङको खल्तीमा रहेको ‘चिट’काे आधारमा सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अफिसका कर्मचारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सस्तोमा शिक्षा र उपचारसमेत गर्ने भन्दै सक्रिय रहेका सञ्जेल सुसाइट नोटका आधारमा परेका हुन्। आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

Image may contain: 1 person, standing and indoor

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी मल्लले सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए।

बिमला झुन्डिएको अवस्थामा फेला परेपछि उनका आफन्त तथा स्थानीयले प्रर्दशन गरेका थिए । युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुले नाराबाजी गरेका गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.